Skip to content

विप्लव नेतृत्वको माओवादीका केन्द्रीय नेताहरुद्वारा सामुहिक पार्टी परित्यागको घोषणा 

काठमाण्डौँ ।

नेत्र बहादुर चन्द (विप्लव) नेतृत्वका केन्द्रीय नेताहरुले आज एक विज्ञप्ति जारी गर्दै सामुहिक राजीनामा गरेका छन्  । केन्द्रीय सचिवालय सदस्य उमा भुजेल र पुर्व पोलिटब्युरो सदस्य तथा महाधिवेशन आयोजक समिति सदस्य चन्द्र बहादुर खड्का (असल) लाई पार्टी महासचिवले जिम्मेवारीमुक्त गरेपछि पार्टीका केन्द्रीय तहका तथा जिल्ला इन्चार्जहरुले सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन् ।

पार्टी महासचिवले आन्तरिक लोकतन्त्रलाई निषेध गरेको, निरंकुश एवं हैकमवादी प्रवृत्ति प्रदर्शन गरेको, फरक मतमाथि असहिष्णु बनेको तथा आजसम्म को आन्दोलनको समिक्षा गर्न तयार नभएको, एकता र पुनर्गठनको विषय उठाउनेलाई योजनाबद्ध रुपमा कारबाही गरेको कारणहरु उल्लेख गर्दै पार्टीबाट बाहिरिएको एकजना केन्द्रिय सदस्यले बताए ।

केही दिन अघिमात्र पुर्व पोलिटिक ब्युरो सदस्य तथा प्रभावशाली तीन नेताहरु वसन्त श्रेष्ठ, भेषराज भुसाल र विनोद उपाध्यायले पार्टीबाट स्वतन्त्र भएको घोषण गरेका थिए । पार्टीबाट बाहिरिएका नेताहरुले विप्लवले आजको बस्तुगत अबस्थालाई नबुझी एकाङ्गी र मनोगत बनेर पार्टीलाई अँध्यारो सुरुङ्गमा हालेको आरोप लागाएका छन् । अब आफुहरु कसरी अगाडि जाने भन्ने विषयमा छलफल भैरहेको अर्का एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्