काठमाण्डौं
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध शुक्रबार पनि निरन्तर जारी रहेको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका थिए, जसअनुसार उनीहरूले क्रमशः आफ्ना भनाइहरू प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले उक्त विषयमा प्रधानमन्त्रीबाट संसद्मा स्पष्ट जवाफ र आधिकारिक धारणा आवश्यक रहेको माग दोहोर्याएका छन्।
यसैबीच, विपक्षीको अवरोधका बीच सभामुखले दलहरूबीच सहमति कायम गरी संसद्को नियमित कामकारबाही अघि बढाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्