Skip to content

लेबी नतिर्ने प्रतिनिधिलाई महाधिवेशनमा सहभागी हुन नदिने रास्वपाको निर्णय रास्वपा महाधिवेशन

काठमाण्डौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई आगामी महाधिवेशनमा सहभागी हुन नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार, महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिले आफूले पहिले सम्हालेको पदअनुसारको लेबी अनिवार्य रूपमा बुझाएको हुनुपर्नेछ।

उनले लेबी नतिरेका सदस्यलाई महाधिवेशनस्थलमा प्रवेश गर्न नदिने व्यवस्था गरिएको जानकारी दिए। पार्टीको आर्थिक अनुशासन कायम राख्न यस्तो निर्णय गरिएको उनको भनाइ छ।

महामन्त्री बुर्लाकोटीले आज बसेको बैठकले लेबी तिर्न बाँकी रहेका सदस्यलाई यथाशीघ्र बक्यौता बुझाउन आग्रह गरेको पनि बताए। साथै, पार्टी अनुशासन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै प्रतिनिधिलाई निर्देशन दिइएको उनले उल्लेख गरे।

रास्वपाले महाधिवेशनलाई व्यवस्थित, अनुशासित र जिम्मेवार बनाउन आवश्यक मापदण्ड लागू गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्