Skip to content

नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिकः सांसद धनेन्द्र कार्की

काठमाण्डौं ।

धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति को बैठकमा बोल्दै उनले नयाँ सवारी दर्ता रोकिँदा यातायात व्यवसायी समस्यामा परेको उल्लेख गर्दै तत्काल दर्ता प्रक्रिया खुलाउन सरकारसँग माग गरे। उनले पुराना सवारी साधन विस्थापन गर्नुपर्ने अवस्थामा नयाँ सवारी दर्ता रोकिँदा यातायात प्रणालीमै असन्तुलन देखिएको तर्क गरे।

सांसद कार्कीले संघीय संरचनामा छुट्टै यातायात मन्त्रालय नहुँदा नीति निर्माण र कार्यान्वयनमा अन्योल सिर्जना भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनका अनुसार ग्रामीण क्षेत्रमा सञ्चालन हुने डबल क्याब सवारीमा अत्यधिक यात्रु बोक्ने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको छ। पर्याप्त सडक पूर्वाधार र ठूला सार्वजनिक यातायात सेवाको पहुँच नहुँदा स्थानीय नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनले बताए।

सांसद कार्कीले सडकको भारवहन क्षमता कमजोर हुनुको मुख्य कारण ओभरलोड मात्र नभई गुणस्तरहीन पूर्वाधार निर्माण पनि रहेको उल्लेख गरे। कम लागतमा ठेक्का दिने प्रवृत्तिका कारण सडक छिट्टै बिग्रने र यातायात सञ्चालनमा समस्या बढ्ने गरेको उनको भनाइ थियो।

त्यस्तै, उनले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० प्राप्त गर्ने प्रक्रिया पनि अव्यावहारिक रहेको बताए। ठूलो सवारी चलाउन सानो सवारीको लाइसेन्स अनिवार्य बनाउने र थप दुई वर्ष कुर्नुपर्ने व्यवस्था अनावश्यक भएको उनको तर्क छ।

लाइसेन्स परीक्षामा व्यवहारिक ज्ञानभन्दा असम्बन्धित प्रश्न सोधिने गरिएको भन्दै उनले प्रणाली सुधार आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्