काठमाण्डौं ।
देशका विभिन्न भूभागमा आज मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशमा वर्षा हुने र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो दिन’को अवस्था सिर्जना हुन सक्ने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मौसममा पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण हिमाली तथा पहाडी भूभागसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग र देशका हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। अन्य पहाडी क्षेत्र तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्नेछ। साथै कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक(दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि तापक्रम बढ्न सक्ने भएकाले ‘तातो दिन’को अवस्था रहने चेतावनी दिइएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका एक(दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ र अत्यधिक गर्मीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
न्भत कmबचतभच चभकउयलकभक, गउयिबम ाष्भिक बलम ष्mबनभक, बलम mयचभ।
प्रतिक्रिया दिनुहोस्