Skip to content

विरोधपछि इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाण्डौं ।

इजरायल रोजगारीका लागि आवश्यक अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापनमा कमजोरी रहेको तथा परीक्षा शुल्क अत्यधिक भएको भन्दै परीक्षार्थीहरूले विरोध जनाएपछि परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो।

मंगलबार परीक्षार्थीहरूले परीक्षा सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही स्थानमा झडपसमेत भएको बताइएको छ।

घटनापछि परीक्षा सञ्चालन गरिरहेको इन्टरनेश्नल क्वालिफिकेसन प्रालि ९सीआईआईएन० ले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जनाएको छ। कम्पनीले परीक्षाको नयाँ मिति, समय तथा अन्य आवश्यक विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।

परीक्षार्थीहरूले परीक्षा केन्द्रको व्यवस्थापन, सेवा सुविधा तथा शुल्क निर्धारणमा पारदर्शिता र सुधारको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्