काठमाण्डौँ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका उनीहरूलाई अध्यागमनले ‘कालोसूची’ ९ब्ल्याकलिस्ट० मा रहेको कारण विदेश जान अनुमति नदिएको हो।
अध्यागमन अधिकारीहरूका अनुसार अध्यागमन विभागको रेकर्डमा उनीहरूको नाम कालोसूचीमा रहेकाले सोमबार बिहान विमानस्थलबाटै फिर्ता पठाइएको हो। एक अधिकारीले भने, “उहाँहरू ब्ल्याकलिस्टमा रहेकाले विदेश प्रस्थान अनुमति दिइएन।”
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को सिफारिसमा आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागले गत वैशाखमै एन्फाका सबै पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै उनीहरूलाई मेक्सिको हुँदै अमेरिकातर्फ जाने क्रममा रोकिएको बताइएको छ।
विश्वकप २०२६ को तयारी तथा अवलोकनका लागि विदेश जान अनुमति माग्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आइतबार राखेप पुगेका थिए। तर, राखेपले विदेश भ्रमण प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेपछि अन्ततः उनीहरू विमानस्थलबाटै फर्किन बाध्य भएका हुन्।
प्रतिक्रिया दिनुहोस्