Skip to content

इरान–इजरायल तनावबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा

एजेन्सी ।

इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य तनाव अस्थायी रूपमा कम भए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि दुवै देशले एकअर्काविरुद्धका प्रत्यक्ष सैन्य कारबाही रोक्ने घोषणा गरेका छन्। यद्यपि, आवश्यक परे पुनः जवाफी आक्रमण गर्न सकिने चेतावनी दुवै पक्षले दिएका कारण लगानीकर्ताहरू पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।

बजार विश्लेषकहरूका अनुसार प्रत्यक्ष आक्रमण रोकिएसँगै केही राहतको संकेत देखिए पनि युद्धविरामको स्थायित्वबारे अझै अनिश्चितता कायम छ। उनीहरूका अनुसार अहिलेको मुख्य चासो युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ वा यो केवल अस्थायी विराम मात्र हो भन्ने विषयमा केन्द्रित छ।

समाचार संस्था रोयटर्सका अनुसार पश्चिम एशियाको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले आगामी दिनहरूमा पनि तेल बजारमा उतारचढाव जारी रहने सम्भावना रहेको छ। यही कारणले लगानीकर्ताहरू सतर्क रहँदै बजारको अवस्थालाई नजिकबाट नियालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्