Skip to content

विश्व वातावरण दिवसको अवसरमा पोखरा जेसीज र लेडी जेसीजद्वारा वृक्षारोपण

पोखरा ।

विश्व वातावरण दिवसको अवसर पारेर पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त आयोजनामा पोखरा–११ रामघाट क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा नं। ११ का वडासदस्य सुशील बास्तोला रहेका थिए।

उनले जेसीज संस्थाले पोखराका विभिन्न क्षेत्रमा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रशंसा गर्दै यस्ता सकारात्मक कार्यमा अन्य संघ–संस्थाहरूले पनि अग्रसर हुनुपर्ने बताए।

कार्यक्रममा पोखरा लेडी जेसीजकी अध्यक्ष सुनिता गौतम भण्डारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

वृक्षारोपण कार्यक्रमअन्तर्गत रामघाट क्षेत्रमा एवोकाडो, पारिजात, गुलमोहर, धुपी, कपूरलगायत विभिन्न प्रजातिका ३५ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक ८८जेसी सन्दीप के।सी।८८ले जानकारी दिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोखरा जेसीजका अध्यक्ष सुमन पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सन्दीप के।सी। र सुभद्रा बरालले गरेका थिए भने सञ्चालन पोखरा जेसीजका उपाध्यक्ष जेसी रविन्द्र गोदारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्