Skip to content

प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, शालिग्रामदेखि पशुपतिनाथसम्मका विशेष उपहार

काठमाण्डौँ ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्। भ्रमण टोलीका एक सदस्यका अनुसार हिजो हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन्।

प्रधानमन्त्री मोदीले पनि आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको र चाँडै नै आउने बताएका थिए। ती अधिकारीका अनुसार मोदी नेपाल भ्रमणमा आउने निश्चित भएमा नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाइनेछ।

पशुपतिको चन्दनदेखि मिथिलाको दोसल्लासम्म उपहार

भेटका क्रममा लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपालको तर्फबाट विशेष उपहार पनि प्रदान गरेका छन्। उनले कालीगण्डकीको शालिग्राम, पशुपतिनाथ मन्दिरको चन्दन र जनै उपहार दिएका थिए। त्यसैगरी, जानकी मन्दिरको फ्रेमसहित मिथिला सभ्यता झल्किने विशेष दोसल्ला ओढाइएको थियो। साथै, पशुपतिनाथ मन्दिरको प्रतिकृति (रिप्लिका) पनि मोदीलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्