Skip to content

आज देशभर जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाण्डौं ।

जातीय विभेद र छुवाछूतविरुद्ध ऐक्यबद्धता जनाउँदै आज देशभर ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। सामाजिक समानता, मानवअधिकार तथा समावेशी समाज निर्माणको सन्देश फैलाउने उद्देश्यले सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, र्‍याली तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।

नेपाल सरकारले वि.सं. २०६३ साल जेठ २१ गते संसद्बाट मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। उक्त ऐतिहासिक निर्णयको स्मरण र सम्मानस्वरूप वि।सं। २०६८ सालदेखि प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’का रूपमा मनाउन थालिएको हो।

कानुनले जातीय छुवाछूतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि समाजमा अझै विभिन्न रूपमा विभेदका घटनाहरू देखिने गरेका छन्। यस दिवसले समानता, सम्मान र सामाजिक न्यायको पक्षमा जनचेतना अभिवृद्धि गर्दै विभेदमुक्त समाज निर्माणमा थप प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्