Skip to content

मोदी–लामिछाने भेटः नेपालसँग सहकार्य गर्न भारत तयार, साझा समृद्धिमा मोदीको जोड

काठमाण्डौं।

भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, कूटनीतिक सहकार्य तथा क्षेत्रीय साझेदारीबारे विस्तृत छलफल भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि भारत पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत महत्वपूर्ण साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गरे।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले साझा विकास र सहकार्यको इच्छालाई स्वागत गर्दै भारतको पूर्ण समर्थन रहने बताएका छन्।

रास्वपा सभापति लामिछानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डल भाजपा को औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेको हो। भ्रमणका क्रममा उनले भाजपा मुख्यालयमा स्वागत पाएका थिए भने भारतीय विदेशमन्त्री एस। जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

उक्त प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं सांसद विपीनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्