काठमाण्डौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ओलीले जेठ २० र २१ गते काठमाडौंमा आयोजना हुने पार्टीको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा पार्टीको सांगठनिक सुदृढीकरण, सदस्यता नवीकरण, विस्तार प्रक्रिया र भावी रणनीतिबारे छलफल तथा अभिमुखीकरण गरिनेछ।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहनेछ।
प्रतिक्रिया दिनुहोस्