काठमाण्डौं ।
प्रतिनिधि सभाको बैठक आज ( सोमबार) दिउँसो १ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र०८४ को राजश्व र व्ययको वार्षिक अनुमान ( बजेट) सम्बन्धी प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार अर्थमन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३र०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।
उक्त प्रस्ताव प्रस्तुत भएसँगै आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सामान्य छलफल सुरु हुने कार्यसूची तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्