Skip to content

टिकटककर तुलसा अधिकारी थाइल्याण्डबाट पक्राउ, ६ करोडभन्दा बढी ठगीको आरोप

काठमाण्डौँ ।

टिकटकमार्फत चर्चामा रहेकी तुलसा अधिकारीलाई नेपाल प्रहरीले थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अधिकारीविरुद्ध जारी गरिएको अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को रेड नोटिसका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई शनिबार राति थाइल्याण्डबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ। उनीमाथि ६ करोड ५२ लाख २९ हजार रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ।

तुलसा कलेक्सन प्रालिकी सञ्चालक रहेकी अधिकारी विदेश फरार भएपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। ललितपुरका एक व्यवसायीले उनीविरुद्ध ठगीको उजुरी दिएका थिए। प्रहरीका अनुसार अधिकारीलाई अब थुनछेकको प्रयोजनका लागि अदालतमा उपस्थित गराइनेछ।

प्रतिक्रिया दिनुहोस्