काठमाण्डौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि सरकारको वार्षिक बजेट संघीय संसद्मा प्रस्तुत गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा आज उनले आय–व्ययको अनुमानित विवरण सार्वजनिक गरेका हुन्। बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो।
चालु आर्थिक वर्ष २०८२र८३ का लागि अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो। कुल बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्