Skip to content

नयाँ संसद् भवन तयार नभएपछि बजेट पुरानै अस्थायी हलबाट प्रस्तुत हुने

काठमाण्डौँ ।

भोलि सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट नहुने भएको छ। आवश्यक प्राविधिक काम समयमै सम्पन्न नभएकाले नयाँ हल प्रयोग गर्न नसकिने निश्चित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरी का अनुसार नयाँ हलमा प्राविधिक तयारी पूरा नभएकाले त्यहाँबाट बजेट वाचन गर्ने योजना सम्भव हुन सकेन। उनले नयाँ हल सञ्चालनका लागि अझै केही काम बाँकी रहेकाले तत्काल संयुक्त बैठक गर्न चुनौतीपूर्ण देखिएको बताए।

यससँगै आगामी आर्थिक वर्षको बजेट अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको अस्थायी हलबाटै प्रस्तुत हुने भएको छ। सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवन तोकिएको समयमा सम्पन्न हुन नसक्दा संसद्का बैठकहरू हाल कामचलाउ हलबाट सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्