Skip to content

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड असारभित्र पूरा नहुने संकेत

पोखरा ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसक्दा आगामी असारभित्र काम सम्पन्न नहुने संकेत देखिएको छ। पाँच वर्षअघि सुरु गरिएको सडक विस्तार तथा स्तरोन्नति आयोजना पटक–पटक म्याद थप हुँदासमेत अझै अधुरै रहेको हो।

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म फैलिएको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ। आयोजनाको म्याद यसअघि तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्‍याइएको भए पनि हालको प्रगति हेर्दा तोकिएको समयभित्र निर्माण सम्पन्न हुने सम्भावना कमजोर बनेको छ।

आयोजनाका अनुसार पेट्रोलियम पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्य तथा लगातारको वर्षाले निर्माण कार्यमा प्रत्यक्ष असर पुर्‍याएको छ। लागत वृद्धि भएपछि निर्माण कम्पनीले अत्यावश्यकबाहेकका कामलाई अपेक्षित गति दिन नसकेको जनाइएको छ।

योजना प्रमुख कृष्णबहादुर कुँवर का अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। उनले पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७ दशमलव २८ किलोमिटर सम्पन्न भएको जानकारी दिए।

आयोजनाअन्तर्गत २० दशमलव ५५ किलोमिटर चार लेन सडक तथा १८ दशमलव १६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। योजना प्रमुख कुँवरले इन्धन आपूर्तिको समस्याले निर्माणमा गम्भीर असर परेको बताए।

उनका अनुसार निर्माण कम्पनीलाई दैनिक करिब चार हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि हाल एक हजार ५०० लिटर मात्रै उपलब्ध भइरहेको छ। निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले पनि आयोजनाको गति प्रभावित भएको उनको भनाइ छ।

योजनाका सूचना अधिकारी अनन्त बराल ले कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा रोड सेफ्टी ब्यारियर जडानको काम भइरहेको जानकारी दिए।

नेपालको प्रमुख विकास साझेदार ब्कष्बल म्भखभयिऊभलत द्यबलप को लगानीमा सञ्चालित उक्त आयोजनाको पश्चिम खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी ब्लजगष् प्बष्थगबल ज्ष्नजधबथ बलम द्यचष्मनभ ऋयलकतचगअतष्यल ले लिएको छ। कम्पनीसँग सात अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

उक्त खण्डको निर्माण सम्झौता विसं २०७८ जेठ २ गते भएको थियो भने सोही वर्ष भदौ १२ गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो।

न्भत कmबचतभच चभकउयलकभक, गउयिबम ाष्भिक बलम ष्mबनभक, बलम mयचभ।

प्रतिक्रिया दिनुहोस्