Skip to content

भदौ २४ घटनाको छानबिन र सिंहदरबार पुनर्निर्माणबारे सरकारसँग संसद्‌मा प्रश्न

काठमाण्डौं ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनापछि क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र सिंहदरबार पुनःनिर्माण योजनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद हमालले उक्त घटनाको निष्पक्ष छानबिन प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइन्।

उनले घटना भएको लामो समय बितिसक्दा पनि क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा ठोस प्रगति नदेखिएको भन्दै चिन्ता व्यक्त गरिन्। विशेषगरी देशको प्रशासनिक केन्द्र तथा ऐतिहासिक धरोहर सिंहदरबारको पुनर्निर्माणबारे स्पष्ट योजना सार्वजनिक गर्न उनले सरकारसँग आग्रह गरिन्।

सांसद हमालले नेपाली नागरिकले अव्यवस्थित संरचना होइन, देशको गरिमा झल्काउने व्यवस्थित र बलियो सिंहदरबार चाहेको उल्लेख गर्दै पुनर्निर्माण कहिलेसम्म पूरा हुन्छ भन्ने विषयमा स्पष्ट समयसीमा माग गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्