Skip to content

डलरमा प्रतिव्यक्ति आय घट्यो, नेपाली रुपैयाँमा भने सामान्य वृद्धि

काठमाण्डौं ।

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले नेपालको प्रतिव्यक्ति आयमा मिश्रित अवस्था देखाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गरेको सर्वेक्षणअनुसार प्रतिव्यक्ति आय अमेरिकी डलरमा घट्ने तर नेपाली रुपैयाँमा भने वृद्धि हुने देखिएको हो।

गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय १,५१६ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा ३ डलरले घटेर १,५१३ डलरमा सीमित हुने अनुमान गरिएको छ। डलरमा देखिएको यो गिरावटको प्रमुख कारण नेपाली रुपैयाँको अवमूल्यन ९करिब ५।७ प्रतिशत० रहेको बताइएको छ, जसले रुपैयाँलाई डलरमा रूपान्तरण गर्दा आय कम देखिएको हो।

तर, नेपाली रुपैयाँको आधारमा भने प्रतिव्यक्ति आय बढेको छ। गत वर्ष २ लाख ६ हजार ६२५ रुपैयाँ रहेको प्रतिव्यक्ति आय यस वर्ष ५।५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९४६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यद्यपि यो वृद्धि पछिल्ला वर्षहरूको औसत वार्षिक वृद्धिदर ८।८ प्रतिशतको तुलनामा कमजोर रहेको उल्लेख छ।

सर्वेक्षणले समग्र आर्थिक सुस्तता र न्यून वृद्धिदरका कारण प्रतिव्यक्ति आम्दानीको गति धीमा भएको र डलरमा मूल्य घटेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्