Skip to content

गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि, नियन्त्रण र सतर्कता अभियान तीव्र

काठमाण्डौं ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ ९बर्डफ्लु० संक्रमण पुष्टि भएको छ। वडा नं। २, ३ र ४ मा संक्रमण देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाले प्रभावित क्षेत्रमा बर्डफ्लु नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सुरु गरेको जनाएको छ। संक्रमण देखिएका स्थानहरूमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू, साथै तिनका अण्डा र दाना सुरक्षित रूपमा नष्ट गर्ने काम भइरहेको छ।

नगरपालिकाका अनुसार रोग फैलिन नदिन प्रभावित क्षेत्रहरूमा डिस्पोजल तथा निसंक्रमण कार्यलाई तीव्र पारिएको छ। बर्डफ्लु मानिसमा समेत सर्न सक्ने भएकाले स्थानीयवासी र फार्म सञ्चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

फार्ममा अनावश्यक प्रवेश रोक्ने, जैविक सुरक्षा ९बायोसेक्युरिटी० कडाइ गर्ने, फुटबाथ र सुरक्षात्मक सामग्रीको प्रयोग गर्ने तथा अन्य फार्ममा अनावश्यक आवतजावत नगर्न निर्देशन दिइएको छ। साथै, मासु राम्रोसँग पकाएर मात्र सेवन गर्न र पशुजन्य उत्पादन ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य गर्न पनि अनुरोध गरिएको छ।

नगरपालिकाले अचानक पंक्षीहरू बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा सुरक्षित रूपमा व्यवस्थापन गरी सम्बन्धित निकायलाई तुरुन्त जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्