Skip to content

कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ १३ मा, नीतिगत सुधारदेखि प्रशिक्षण रणनीतिसम्म छलफल हुने

काठमाण्डौँ ।

नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक आगामी जेठ १३ गते आइतबार बस्ने भएको छ। बैठक ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय मा दिउँसो १ बजे आयोजना हुने जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्।

दुलालद्वारा जारी सूचनाअनुसार प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा दोस्रो बैठकबाट गठन भएका विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै आवश्यकताअनुसार नयाँ उपसमिति गठन गरी तिनका संयोजक तोक्ने विषयमा पनि निर्णय गरिने जनाइएको छ।

त्यस्तै, सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको समीक्षा गर्दै पार्टीको नीतिगत सुधार, संगठन सुदृढीकरण तथा आगामी प्रशिक्षण रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा समेत विचार विमर्श गरिने कांग्रेस स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्