काठमाण्डौं ।
सरकारले मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद ( ईद-उल-अज्हा ) का अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त दिन देशभर सार्वजनिक बिदा रहनेछ।
मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित विदा सम्बन्धी व्यवस्था र मुस्लिम आयोगबाट प्राप्त आधिकारिक जानकारीका आधारमा बकर ईदको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।
यस वर्ष बकर ईद जेठ १४ गते बिहीबार परेको छ। सो दिन बिदा भएपछि त्यसपछि क्रमशः जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहनेछ। त्यसपछि पर्ने नियमित शनिबार र आइतबारको साप्ताहिक बिदासँगै लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो।
सरकारको यो निर्णयसँगै कर्मचारी तथा सर्वसाधारणले लामो बिदाको अवसर पाउने भएका छन्।
प्रतिक्रिया दिनुहोस्