एजेन्सी ।
चीनको दक्षिणी क्षेत्रमा सोमबार बिहान ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। चाइना भूकम्प नेटवर्क सेन्टर ९सीईएनसी० का अनुसार भूकम्प ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रअन्तर्गत पर्ने लिउझोउ सहरको लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको बताइएको छ।
भूकम्पलगत्तै स्थानीय आपत्कालीन सेवा, दमकल र प्रहरी टोली उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ। घटनास्थलमा हालसम्म ५१ वटा दमकल तथा उद्धार सवारीसाधनसहित ३ सय १५ जना उद्धारकर्मी खटाइएको जनाइएको छ।
ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालय ले सोमबार बिहानदेखि तेस्रो तहको आपत्कालीन कार्ययोजना लागू गरेको छ। साथै सम्भावित परकम्पलाई ध्यानमा राख्दै निरन्तर निगरानी गर्न निर्देशन दिइएको छ।
त्यस्तै चीन भूकम्प प्रशासन ले पनि घटनापछि तेस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्