काठमाण्डौं ।
मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षा कम हुँदै गएसँगै गर्मी बढ्न थालेको जनाएको छ। काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी नपर्दा तापक्रम क्रमशः वृद्धि भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै भू–भागमा गर्मीको प्रभाव बढ्दो क्रममा रहेको छ। आगामी दिनमा तापक्रम अझै बढ्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
सोमबार र मंगलबार देशका केही क्षेत्रमा हल्का तथा मध्यम वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा मौसम गर्मी रहने पूर्वानुमान गरिएको छ।
विशेषगरी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश का तराई क्षेत्रमा तापक्रम थप बढ्न सक्ने महाशाखाले जनाएको छ। मंगलबार पनि ती क्षेत्रमा गर्मीको प्रभाव कायमै रहने र केही स्थानमा वर्षा हुन सक्ने बुलेटिनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्