Skip to content

आजबाट प्रतिनिधिसभामा बजेट बहस सुरु, नियमावली प्रतिवेदन पनि पेश हुने

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ९कर प्रस्ताव बाहेक० छलफल प्रारम्भ हुने भएको छ ।

यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले आगामी बजेटको तयारीलाई अघि बढाइरहेका बेला संसद्मा सुरु हुन लागेको सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्