काठमाडौं आकृति सुनार ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ।
समितिका सभापति अशोक चौधरीले बैठकमार्फत प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उपसमिति गठन गरिएको जानकारी दिए।
उनले उपसमितिमा केवल प्रतिनिधित्वका आधारमा नभई सम्बन्धित विषयमा अध्ययन गरी ठोस प्रतिवेदन तयार पार्न सक्ने सदस्यहरूलाई समेटिएको स्पष्ट पारे।
नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गङ्गा लक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्य रहेका छन्।
समितिले कृषि, वन लगायतका क्षेत्रका आवश्यकताअनुसार आगामी दिनमा थप उपसमितिहरू गठन गर्दै लैजाने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्