काठमाडौं आकृति सुनार |
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्।
सरकारले अघिल्लो कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने नीति अघि बढाएपछि भट्टमाथि दबाब बढेको थियो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले उनलाई राजीनामा दिन आग्रह गर्दै अन्यथा बर्खास्ती प्रक्रिया अघि बढाउने चेतावनी दिएको बताइएको छ।
पछिल्लो समय सरकारले पुराना राजनीतिक नियुक्तिलाई निरन्तरता नदिने निर्णय गरेपछि भट्टले पद छोड्ने निर्णय गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्