काठमाडौं आकृति सुनार |
प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक चल्न दिएका छैनन्। पहिलो पटक अवरोध भएपछि सभामुख डिपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलपछि बसेको बैठकमा पनि नेपाली कांग्रेसले सभामुखमार्फत रूलिङ गरेर प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गर्दै विरोध जारी राखेको हो।
सभा सञ्चालन हुन नसकेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्