काठमाडौं आकृति सुनार ।
देशभरका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू अहिले राजधानीको माइतीघर मण्डलामा भेला भएर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्।
सरकारले विभिन्न ठाउँमा डोजर चलाएर बस्ती हटाउन थालेपछि हजारौं परिवार त्रास, अन्योल र असुरक्षाबीच बाँच्न बाध्य भएको उनीहरूको गुनासो छ।
आन्दोलनमा सहभागीहरूले उचित वैकल्पिक व्यवस्थापनबिना आफूहरूलाई उठीबास लगाइएको भन्दै सरकारसँग न्यायको माग गरेका छन्।
उनीहरूका अनुसार चुनावका बेला आश्वासन दिने राजनीतिक दल र सरकार अहिले सत्तामा पुगेपछि उल्टै बस्ती भत्काउने अभियानमा लागेको आरोप छ।
माइतीघरमा भेला भएका भूमिहीनहरूले “हाम्रो विकल्प कहाँ छ ?” भन्ने प्रश्न उठाउँदै सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा डोजर अभियान तीव्र बनाएपछि आन्दोलन थप चर्किएको हो।
प्रतिक्रिया दिनुहोस्