Skip to content

एमाले संसदीय दलले पायो पूर्णता, पद्मा अर्याल उपनेतामा मनोनित

काठमाडौं आकृति सुनार ।

नेकपा (एमाले) संसदीय दलले रिक्त पदमा मनोनयन गरेसँगै आफ्नो नेतृत्व संरचनालाई पूर्णता दिएको छ।

दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई संसदीय दलको उपनेतामा मनोनित गरेका हुन्।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी अर्याललाई उपनेताको जिम्मेवारी दिइएको एमालेले जनाएको छ।

प्रमुख सचेतक ऐन महरका अनुसार अब एमाले संसदीय दलको नेतृत्व टोलीमा नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर तथा सचेतक नीता घतानी रहेका छन्।

यसअघि प्रमुख सचेतक र सचेतक चयन भइसके पनि उपनेता पद रिक्त रहेको थियो। अर्यालको मनोनयनसँगै संसदीय दलको संगठनात्मक संरचनाले पूर्णता पाएको एमालेले जनाएको छ।

एमालेले नयाँ जिम्मेवारी बाँडफाँडपछि संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी र संगठित हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्