Skip to content

लिग–२ क्रिकेटः स्कटल्याण्डविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं  आकृति सुनार।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। टस हारेसँगै नेपाल फिल्डिङमा उत्रिएको हो।

त्रिकोणात्मक शृङ्खलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। प्रतियोगिताअन्तर्गत प्रत्येक खेल टोलीहरूका लागि महत्वपूर्ण मानिएको छ।

हालसम्मको अंकतालिकामा स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल १८ अंकसहित सातौं स्थानमा छ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म १० वटा एकदिवसीय खेल भएका छन्। तीमध्ये नेपालले पाँच खेल जितेको छ भने स्कटल्याण्ड चार खेलमा विजयी भएको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो।

पछिल्ला भेटहरूमा नेपालले राम्रो प्रदर्शन गर्दै पाँचमध्ये तीन खेल आफ्नो पक्षमा पारेको थियो।

प्रतिक्रिया दिनुहोस्