काठमाण्डौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी मे १४ मा बेइजिङमा उच्चस्तरीय शिखर वार्ता हुने भएको छ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प मे १३ को साँझ चीन पुग्नेछन्। भ्रमणका क्रममा उहाँले टेम्पल अफ हेभनको अवलोकन गर्नुका साथै राष्ट्रपति जिनपिङसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्तामा व्यापार, उड्डयन, कृषि तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण सम्झौतामाथि छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, इरान तनाव, ताइवान मुद्दा र इन्डो–प्यासिफिक सुरक्षाजस्ता संवेदनशील विषय पनि वार्ताको मुख्य एजेण्डा बन्ने बताइएको छ।
विश्लेषकहरूले यो भेटलाई विश्व राजनीतिमा नयाँ मोड ल्याउन सक्ने महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरेका छन्।
प्रतिक्रिया दिनुहोस्