काठमाण्डौँ ।
सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले आजदेखि देशव्यापी सरसफाइ अभियान शुरू गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालबाट अभियानको औपचारिक उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको जनाएको छ।
सरकारले सरकारी कार्यालयहरूमा सरसफाइ मापदण्ड लागू गर्दै कम लागतमा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
मार्गदर्शन अनुसार अब सरकारी कार्यालयमा स्पष्ट सूचना बोर्ड, नियमित फोहोर व्यवस्थापन, आकर्षक सेवा क्षेत्र तथा कुहिने–नकुहिने फोहोर छुट्याउने व्यवस्था अनिवार्य गरिनेछ।
प्रतिक्रिया दिनुहोस्