Skip to content

सरकारमाथि शंकर पोखरेलको आरोप

काठमाण्डौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुग्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान गर्नु लोकतन्त्रको मूल आधार भएको बताएका हुन्।

पोखरेलले प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्य सञ्चालन गर्न खोजिए संस्थागत अस्थिरता बढ्ने र लोकतान्त्रिक मूल्य कमजोर बन्ने टिप्पणी गरेका छन्।

सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाले व्यक्तिगत वा राजनीतिक प्रतिशोधका आधारमा निर्णय गर्नु उचित नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्