Skip to content

वार्तामै गोली बारुदः अमेरिका–इरान तनावले शान्ति प्रयास संकटमा

 

काठमाडौं ।

अमेरिका र इरानबीच जारी कूटनीतिक संवादकै बीच होर्मुज जलडमरूमध्य क्षेत्रमा पुनः सैन्य मुठभेड भएपछि शान्ति प्रक्रिया अनिश्चित बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानी बलले अमेरिकी नौसैनिक जहाजमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो। इरानले भने अमेरिकाले पहिले आफ्नो तेल ट्यांकरलाई निशाना बनाएर युद्धविराम तोडेको आरोप लगाएको छ।

पछिल्ला घटनाक्रमले केही समयअघि देखिएको तनाव घट्ने संकेत उल्टिँदै गएको देखिएको छ। विशेषगरी पाकिस्तानमा भएका उच्चस्तरीय वार्तापछि शान्तिको आशा बढेको अवस्थामा फेरि सैन्य गतिविधि तीव्र बनेको हो।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले वार्ता सकारात्मक दिशामा रहेको दाबी गर्दै इरानलाई सम्झौताबाट पछि नहट्न चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार होर्मुज क्षेत्रमा बढ्दो तनावले केवल पश्चिम एसिया मात्र होइन, विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत गम्भीर असर पार्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्