Skip to content

स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं, २३ वैशाख।

स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जनाएको हो । पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।

पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्क गरेको उजुरीमा उल्लेख छ । घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युवकविरुद्ध आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट प्रस्ताव गरेमा विशेष गरी महिलाहरू सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्