काठमाडौं, २३ वैशाख ।
गत २४ घण्टामा २ हजार २ सय १८ सवारी चालक सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा ६ लाख ४१ हजार राजस्व दाखिला भएको जनाएको हो ।
मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ३८, एकतर्फी सडकमा सवारी चलाउने १ सय १० र अन्य सवारी नियम पालना नगरेका ११ स २५ जनालाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्