एजेन्सी ।
भारतको उत्तर प्रदेशमा सोमबार भीषण वर्षासँगै तीव्र रुपमा चलेको हावाहुरी र चट्यांगले लागेर २३ जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका किसान र खुला ठाउँमा रहेका मानिसहरु अचानक मौसममा आएको खराबीको चपेटामा परेको भारतीय संचारमाध्यमले जनाएका हुन् ।
तीव्र हावाहुरीले ढालेको रुखले थिचेर र घरको पर्खाल भत्किएर केहीको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदेशको अवधका जिल्लामा सात जनाको मृत्यु भएको हो । सोही जिल्लामा सबै भन्दा बढी १ सय ३० मिलिमिटर वर्षा भएको रेकर्ड मौसम विभागको छ ।
त्यस्तै, गोंडमा ४ जनाको ज्यान गएको हो । विभागले मंगलबार पनि प्रदेशको २१ जिल्लामा मेघगर्जनसहित भीषण वर्षा र चट्यांगको सम्भावना रहेकाले शर्तक रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्