काठमाडौं, १८ वैशाख ।
आज ९शुक्रबार० बुद्ध जयन्ती मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ। काठमाडौँको बौद्ध स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्