पोखरा उमा आले ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १४ गते साँझ करिब ६स्०० बजे पोखरा महानगरपालिका–१५ टुटुङ्गा बसपार्क क्षेत्रमा जुवातास भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले जुवातास खेल्दै गरेका ८ जनालाई नगद ६३ हजार ३२० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्