Skip to content

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको निधन

एजेन्सी उमा आले।

दक्षिण सुडानमा सोमबार भएको विमान दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । राजधानी जुबा नजिकै भएको दुर्घटनामा चालकदलका सदस्यसहित १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् ।

दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानीस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । अत्यन्तै न्यून भिजिबिलिटीका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको अभाव रहेको हो । अत्यधिक भारवहन क्षमता भन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटनाहरू हुने गरेको पाइन्छ ।

सन् २०२५ को जनवरीमा देशको उत्तरी भेगमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०२१ मा विश्व खाद्य कार्यक्रमका लागि इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्