Skip to content

समूह चरणमा नेपालको दबदबा, उपाधि दाबेदारी बलियो बनाउँदै महिला कबड्डी टोली

काठमाण्डौं उमा आले ।

एशियन बिच गेम्स् अन्तर्गत चीनको सान्यामा जारी महिला बीच कबड्डीमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै उपाधि दाबेदारी मजबुत बनाएको छ।

समूह ‘बी’को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३८–३६ को झिनो अन्तरले हराउँदै लगातार तेस्रो जित निकाल्यो। प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयसम्म रोमाञ्च कायम राख्दै नेपालले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

तीनवटै खेल जित्दै नेपाल ६ अंकसहित समूह विजेता बनेको छ, जसले टोलीको लय र आत्मविश्वास दुवै उच्च रहेको संकेत गर्छ। बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा रहँदा थाइल्याण्ड २ अंकमा सीमित भयो।

अब नेपालले समूह ‘ए’को उपविजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। अर्को चरणमा प्रवेशसँगै उपाधि यात्रामा भारतजस्ता बलिया टोलीसँग सम्भावित भेटले चुनौती थपिने देखिन्छ।

समग्रमा, समूह चरणमा देखिएको नेपाल टोलीको आक्रामक खेल, संयमित रणनीति र अन्तिम क्षणसम्म लड्ने क्षमता यसपटक ऐतिहासिक उपलब्धिको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्