Skip to content

वीपी राजमार्ग ठप्पस् यात्रु अलपत्र, वैकल्पिक मार्गको खोजी तीव्र

काठमाडौं उमा आले ।

रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि वीपी राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु र सवारीसाधन अलपत्र परेका छन्। काभ्रे र सिन्धुली खण्डमा यातायात ठप्प हुँदा राजधानी भित्रिने र बाहिरिने यात्रुले ठूलो सास्ती भोगिरहेका छन्।

धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा प्रहरीले सवारीसाधन ‘होल्ड’ गरेर राखेको छ भने लामो दूरीका गाडीहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्। लगातार वर्षाका कारण खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसीदेखि आँपघारीसम्मका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएको हो।

गत वर्षको बाढीपहिरोले क्षति पुर्‍याएको करिब १८ किलोमिटर सडक अझै स्थायी रूपमा मर्मत हुन नसक्दा डाइभर्सनमा निर्भर यात्रा पुनः संकटमा परेको देखिन्छ। अहिले सडक खुलाउने प्रयास भइरहेको भए पनि मौसम सुधार नभएसम्म तत्काल सञ्चालनको सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ।

यात्रुहरू भने छिटो सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरिरहेका छन्। वैकल्पिक मार्गहरूको क्षमता सीमित हुँदा दबाब झन् बढ्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्