Skip to content

पोखरामा नक्कली पेस्तोलसहित २ जना टोले गुण्डा पक्राउ

पोखरा उमा आले ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–८ सिमलचौर क्षेत्रबाट प्रहरीले नक्कली पेस्तोलसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८३ साल वैशाख १० गते साँझ करिब ७स्३० बजे केही व्यक्तिहरूले हतियार देखाई सर्वसाधारणलाई डरत्रास देखाइरहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सिमलचौरस्थित डेरा कोठामा खानतलासी गर्दा तनहुँ व्यास नगरपालिका–२ स्थायी घर भएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थलाई पक्राउ गरेको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट रडको स्लाइड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र दुई वटा धारिलो हतियार ९नोक० बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्