काठमाण्डौं – काशी राम सुनार
सिन्धुलीमा एक युवकको प्रहरी हिरासतभित्र मृत्यु भएपछि घटना अहिले देशव्यापी रूपमा चर्चामा आएको छ। सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय कृष्ण विकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको अवस्थामा मृत भेटिएको हो।
घटनापछि परिवार तथा अधिकारकर्मीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। यसैबीच सामाजिक सञ्जालमा प्रमुख जिल्ला अधिकारी (CDO) स्किम श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख (SP) लालध्वज सुवेदी विवादमा तानिएको भन्दै विभिन्न दाबीहरू भाइरल भइरहेका छन्।
तर हालसम्म यस्ता आरोपहरूलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ भने पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने बताइएको छ।
प्रहरी हिरासतभित्र मृत्यु हुनु गम्भीर विषय भएकाले राज्यका निकायहरू माथि सत्य सार्वजनिक गर्न दबाब बढ्दो छ। दोषी देखिए जोसुकै भए पनि कारबाही गर्नुपर्ने माग चुलिँदै गएको छ।
सिन्धुलीमा भएको हिरासत मृत्यु प्रकरणले अहिले देशभर बहस चुलिएको छ।
#Sindhuli #CustodyDeath #NepalPolice #BreakingNews #JusticeForKrishnaBK #CDO #SP #NepalNews #DailyKhabarNepal #TrendingNews #NepalUpdate
प्रतिक्रिया दिनुहोस्