Skip to content

पोखरामा लागू औषधसहित एक महिला पक्राउ

पोखरा उमा आले

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल वैशाख ८ गते साँझ करिब ५ बजे तेर्सापट्टी क्षेत्रमा लागू औषधको अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २७ वर्षीया दुर्गा गहतराजलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट बुर्फिनर्फिन १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागू औषध तथा एक थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेकी गहतराज स्याङ्जा घर भई हाल पोखरा–३ तेर्सापट्टीमा बसोबास गर्दै आएकी थिइन्। उनलाई नियन्त्रणमा लिएपछि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागू औषध विरुद्धको अभियानलाई थप कडाइका साथ अगाडि बढाइने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्