Skip to content

लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने थप ३ महिला पक्राउ

पोखरा – उमा आले

जिल्ला प्रहरी कार्यालय कास्की ले लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख हैरानी दिने गतिविधिमा संलग्न थप तीन महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लेकसाइड क्षेत्रमा रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी अनावश्यक दुःख हैरानी, लुटपाट तथा अनैतिक गतिविधि बढेको भन्दै व्यापक गुनासो आएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब २:३० बजे पोखरा महानगरपालिका–६ क्षेत्रबाट ती महिलाहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले पर्यटकलाई विभिन्न प्रलोभनमा पारेर दुःख दिने तथा आर्थिक ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसअघि पनि लेकसाइड क्षेत्रमा यस्तै गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्