Skip to content

गृहमन्त्री सुधन गुरुङ विवादपछि प्रधानमन्त्री शाह सक्रिय, लिखित जवाफ माग

काठमाडौं उमा आले

गृहमन्त्री सुदन गुरुङ विरुद्ध उठेका विवादबीच प्रधानमन्त्री बालेन्द्र शाह सक्रिय देखिनुभएको छ। प्रधानमन्त्री शाहले गृहमन्त्रीसँग सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको सम्बन्धबारे लिखित स्पष्टीकरण माग्नुभएको हो।

सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी जानकारी नदेखाएको तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध जोडिएको आरोप सार्वजनिक भएपछि सरकारभित्रै चासो बढेको हो।

यही सन्दर्भमा गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको स्पष्ट पार्दै आरोप अस्वीकार गर्नुभएको छ। उहाँको सचिवालयका अनुसार सोमबार साँझ प्रधानमन्त्रीलाई लिखित जवाफ बुझाइएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस विषयलाई गम्भीर रूपमा लिइएको छ र आवश्यक परे थप छानबिन अघि बढ्न सक्ने संकेत गरिएको छ।

यस घटनाले सरकारभित्र पारदर्शिता र जवाफदेहिताबारे पुनः बहस चर्किने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्