Skip to content

गृहमन्त्रीमाथि बढ्दो दबाब, हर्क साम्पाङद्धारा राजीनामाको सुझाव

काठमाडौं – उमा आले

गृहमन्त्री सुधन गुरुङ माथि पछिल्ला दिनहरूमा विभिन्न आरोप र विवादहरू थपिँदै जाँदा राजनीतिक दबाब बढ्न थालेको छ। यही सन्दर्भमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले गृहमन्त्रीलाई पद छाड्न सुझाव दिएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले गृहमन्त्रीसँग सम्बन्धित विषयहरू बारम्बार सार्वजनिक भइरहेकाले पदमै रहिरहनु उपयुक्त नदेखिएको बताएका हुन्।

उनले हरेक हप्ता नयाँ–नयाँ विषय बाहिर आइरहेको उल्लेख गर्दै यस्तो अवस्था सरकार र पदको गरिमाका लागि समेत राम्रो नहुने धारणा राखे। “बारम्बार फरक–फरक कुरा सुनिनु राम्रो संकेत होइन,” उनले भने, “यस्तो अवस्थामा मार्गप्रशस्त गर्नु नै उपयुक्त विकल्प हुन सक्छ।”

साम्पाङको भनाइलाई गृहमन्त्रीमाथि बढ्दो राजनीतिक र सार्वजनिक दबाबको संकेतका रूपमा पनि हेरिएको छ। पछिल्लो समय गृहमन्त्री गुरुङमाथि विभिन्न आरोपहरू सार्वजनिक भइरहेका छन्, जसले उनको पद र विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्